NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एकिकृत समाजवादी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढ्यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढेको बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा खनालले पेश गरेको दस्तावेजमा लिखित असन्तुष्टि राख्दै कार्यकर्तामा एमालेतिरै जाने चिन्तन विकास भएको उल्लेख गरेका छन् ।

उनले पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उल्लेख गरेका छन् ।

खनालको दस्तावेजमा भनिएको छ, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्द्वीता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्वीता गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’

पार्टीभित्र जनमत खुम्चिदै गएको भन्दै उनले स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएपनि राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि कटाउन नसक्नु दुःखद भएको दस्तावेजमा लेखेका छन्।

‘तीनवटा क्षेत्रमा संसदका तीनवटा सीटमा उपचुनाव हुँदा हाम्रो पार्टीले आफ्ना उमेदवार सम्म उठाउन सकेन । हाम्रो पार्टी नीरीह देखियो । युवा विद्यार्थी संगठन पनि छन् तर निस्कृय र दिशाहीन छन् । आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृतिहरु विकास भइरहेका छन्’, दस्तावेजमा भनिएको छ, ‘हाम्रो पार्टी यतिवेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गा¥हो पर्ने अवस्थामा भएको महसुस हुन्छ । त्रिपाई स्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो ।’

नेकपा एसका सांसदले सदनमा बोलेको नसुनिएको, मुख्य प्रतिद्वन्द्वीसँगै समाजवादी मोर्चालगायत गठबन्धन गरेर जाने प्रवृत्ति भएको, कार्यशैलीमा एमाले र जबजकै धङधङी रहेको खनालको आरोप छ । पार्टीले प्रधानशत्रुको तुरुन्तै किटान गर्नुपर्ने उनको माग छ ।