चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
कठमाडौं । बागमती प्रदेशका विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो ।
प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको छ । मन्त्री चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्री थिए । उनी नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेतासमेत हुन् ।
कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो । यद्यपी नेकपा (माओवादी केन्द्र)ले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया