NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माधवले दिए वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वेदुराम भुसालले पाएका छन् ।

जनवर्गीय संगठनको निम्तोमा सोमबार युरोप भ्रमणमा निस्किएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्नेमाथि छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्ट युरोप उडेका नेपाल त्यता करिब दुई साता रहने जनाइएको छ । उक्त समयमा पार्टी अध्यक्षका हैसियतले गर्नुपर्ने सम्पूर्ण काम भुसालले गर्नेछन् ।