सुन प्रतितोला १ सयले घट्यो, चाँदीको मूल्य केही दिनदेखि स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतिताेला १ सय रुपैँयाले घटेको छ ।
साताको पहिलो दिन हिजो (आइतबार) १ लाख १२ हजार ५ सय रुपैँयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैँयाले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय मा करोबार भइरहेको हो ।
यस्तै तेजाबी सुन आज प्रति तोला १ लाख ११ हजार ८ सय ५० मा करोबार भइरहेको छ । तेजाबी सुन पनि प्रतितोला १ सय रुपैँयाले घटेको हो ।
चाँदीको मूल्य भने केहि दिनदेखि स्थिर छ । साउन १८ गते यता चाँदीको मूल्य घटबढ भएको छैन । चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैँयामा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया