सुन प्रतितोला १ सयले घट्यो, चाँदीको मूल्य केही दिनदेखि स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतिताेला १ सय रुपैँयाले घटेको छ ।
साताको पहिलो दिन हिजो (आइतबार) १ लाख १२ हजार ५ सय रुपैँयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैँयाले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय मा करोबार भइरहेको हो ।
यस्तै तेजाबी सुन आज प्रति तोला १ लाख ११ हजार ८ सय ५० मा करोबार भइरहेको छ । तेजाबी सुन पनि प्रतितोला १ सय रुपैँयाले घटेको हो ।
चाँदीको मूल्य भने केहि दिनदेखि स्थिर छ । साउन १८ गते यता चाँदीको मूल्य घटबढ भएको छैन । चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैँयामा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया