सभामुखसहित शीर्ष नेताबीच छलफल जारी, हट्ला त संसदको अवरोध ?
काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु सहभागी छन् ।
आइतबार सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलक्रममा शीर्ष तहमै वार्ता गर्नुपर्ने निष्कर्ष निकाल्दै आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।
बैठकमा संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख घिमिरेले छलफल गर्न नेताहरुलाई बोलाएका हुन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छन् । दुबै सदनको बैठक दिउसो १ बजे बस्दै छन् ।
आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया