NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

नर्सिङ परिषद्को परीक्षामा अनियमितता गर्ने ७ जनाको नाम सार्वजनिक, परीक्षा रद्द र तीन वर्ष कालोसूचीमा

काठमाडौ । नेपाल नर्सिङ परिषदले परिषदको नाम दर्ता परीक्षामा अनियमितता गर्ने परीक्षार्थीहरुको सूची सार्वजनिक गरेको छ । परीक्षामा संलग्न परीक्षार्थीहरुमध्ये ७ जनाले परीक्षाको नियम उल्लंघन गरेको भन्दै उनीहरुको नाम परिषद्को कालोसूचीमा राखिएको छ ।

परिषद्ले उनीहरुमध्ये चार जनाको परीक्षा रद्ध गरेको छ भने बाँकी तीन जनाको परीक्षाफल रद्ध गरेको छ । यस्तै उनीहरुले गरेको परीक्षाको नियम उल्लंघनको प्रकृतिका आधारमा परिषद्ले सातै जनालाई अबको तीन वर्ष परिषद्को कुनै पनि परीक्षामा भाग लिन नपाउने गरी कारबाही समेत गरेको छ ।

कारबाहीमा पर्नेहरुमध्ये सुस्मिता रानाभाट, समिक्षा थापा, भावना गुरुङ् र सबिना आलेमगरको परीक्षा रद्द गरिएकाे छ, साथै उनीहरुले तीन वर्ष परीक्षा दिन पाउने छैनन् ।

यस्तै अस्मिता विश्वकर्मा, निशा पुन र रोजिना मगरको परीक्षाफल रद्द गरिएको छ । र उनीहरुलाई पनि तीन वर्षसम्म परिषद्को कुनै पनि परीक्षामा भाग लिन नपाउने गरी कारबाही गरिएको छ ।

गत असार २३ गते सञ्चालन गरेको परीक्षामा उनीहरुले गरेको कसुरको प्रकृतिका आधारमा उनीहरुमाथि यो कारबाही गरिएको परिषद्ले सूचना निकालेर सार्वजनिक गरेको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष