NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

शीर्ष नेताबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक ४ बजेसम्म स्थगित

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठक पुनः साढे ३ बजे बस्नेगरी सारिएको छ ।

संसदको गतिरोध अन्त्य, संसदीय समितिका सभापति चयन गर्ने लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरुलाई दिउँसो १ बजे बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका प्रमुख सचेतकहरु सहभागी भएका थिए ।

बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक साढे ३ बजेका लागि सारिएको नेपालवाचलाई जानकारी दिए । ‘बैठक पुनः साढे ३ बजे बस्नेगरी सकिएको छ । छलफल सकरात्म नै भएको छ,’ लेखकले भने ।

यसअघिको छलफलमा दलहरु सहमति नभएपछि आजै दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधका कारण आजको राष्ट्रियसभा बैठक यहि साउन २४ गते बस्नेगरी स्थगित भएको छ ।