शीर्ष नेताबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक ४ बजेसम्म स्थगित
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठक पुनः साढे ३ बजे बस्नेगरी सारिएको छ ।
संसदको गतिरोध अन्त्य, संसदीय समितिका सभापति चयन गर्ने लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरुलाई दिउँसो १ बजे बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका प्रमुख सचेतकहरु सहभागी भएका थिए ।
बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक साढे ३ बजेका लागि सारिएको नेपालवाचलाई जानकारी दिए । ‘बैठक पुनः साढे ३ बजे बस्नेगरी सकिएको छ । छलफल सकरात्म नै भएको छ,’ लेखकले भने ।
यसअघिको छलफलमा दलहरु सहमति नभएपछि आजै दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधका कारण आजको राष्ट्रियसभा बैठक यहि साउन २४ गते बस्नेगरी स्थगित भएको छ ।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया