NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

संसद अवरोध प्रति रास्वपाको आक्रोश

काठमाडौं । लगातार संसद अवरोध भएकोमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रोश पोखेको छ ।

रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद ।’

यस्तै रास्वपाकी सांसद तोसिमा कार्कीले पनि संसद नचलेका प्रति असन्तुष्टी जनाएकी छन् ।

उनी भन्छिन्, ‘जनताका मुद्धा उठाउने थलो अवरुद्ध गर्ने हो भने प्रश्न कहाँ सोध्ने ? सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ्र । प्रश्नै छैन । तैँ चुप, मै चुप, तँ जनता ठगिराख हामी साथमा छौँ भने जस्तो भयो !’

उनले सदनको अवरोध हटाउनप्रमुख प्रतिपक्षले भूमिका खेल्नुपर्ने समेत बताइन् । जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिने ?अनि मुद्दा कहाँ उठाउने ?सांसद तोसिमाको प्रश्न छ ।