वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।
विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।
यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया