NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

शरीरको तौल कम गर्न उपयोगी यी हर्बल चिया

काठमाडौं । असन्तुलित खानपान, अव्यवस्थित जीवनशैलीका कारण धेरै मानिसले आवश्यक भन्दा बढी तौल बढाइरहेका छन् । बढ्दो तौलले विभिन्न रोग निम्त्याउने गर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय तौल कम गर्न र फिट रहन भन्दै जिम, जुम्बा जानेको लहर पनि बढेको छ । व्यस्त जीवनशैलीको बाबजुद कतिपय जिम, जिम्बा जस्ता फिटनेस क्याल लिन पनि पाएका हुँदैनन् । त्यस्ता व्यक्तिहरुका लागि आज हामीले सहज कसरी शरीरको तौल नियन्त्रणमा राख्ने वा कसरी तौल कम गर्ने भन्ने बारे उल्लेख गरेका छौँ । धेरैले दैनिक रुपमा चिया, कफी त पिउने गर्छन् नै । तर, हर्बल टी पियर पनि हामीले बढेको पेट कम गर्न सक्छौँ ।

तुलसी चिया
तुलसीको चियाले शरीरमा भएको नकारात्मक टक्सिन्सलाई निकाल्ने काम गर्दछ । यसले मेटाबोलिज्मलाई राम्रो बनाउनुका लागि क्यालोरी बर्नमा सहयोग गर्दछ । तुलसीको पातलाई पानीमा उमालेर आधा चम्चा मह राखेर पिउने गर्नाले शरीरको तौल कम हुन्छ ।

बेसार चिया
शरीरको बोसो पगाल्न (बर्न ) को लागि हल्दी अर्थात् बेसार चिया पनि लाभदायी मानिन्छ । यस्तो चिया बनाउनका लािग एक गिलास पानीमा थोरै बेसार र थोरै अदुवा कुटेर राख्ने अनि उमाल्ने । यस्तो चियाले मेटाबलिज्म र पाचनलाई राम्रो बनाउँदछ ।

अजवाइन चिया
अजवाइनलाई हामी खाना खाएपछि चपाउने सुपको रुपमा पनि बुझ्छौँ । यसको चिया बनाउनका लागि थोरै अदुवासहितको पानी उमाल्ने र अजवाइनको दाना राख्ने । यसलाई पुन उमालेर छान्ने र आधा कागती राख्ने । यस्तो चियाले पनि पेटको बोसो पगाल्न मद्दत गर्दछ ।

ग्रीन टी
वजन घटाउनका लागि ग्रीन टी पनि एक माध्यम हो । ग्रीन टी ब्याग वा खुल्ला पात नै पनि बजारमा उपलब्ध हुने गर्दछ । ग्रीन टीले शरीरको टक्सिन्सलाई निकाल्ने काम गर्दछ । दैनिक दुई कप ग्रीन टी पिउने गर्नाले वजन कम गर्न मद्दत गर्दछ ।

ब्लाक टी
कालो चियामा क्यालोरी कम हुनुका साथै यसले फ्याट बर्न गर्न मद्दत गर्दछ । दैनिक कालो चिया पिउनाले पनि मोटोपन कम हुन्छ ।