४५ वर्षीया महिलाको ‘ब्रा’भित्र सुन भेटिएपछि…
काठमाडौं । २४ तोला सुनसहित एक महिला पोखराबाट प्रक्राउ परेकी छन् ।
झापाको बिर्तामोडकीे ४५ वर्षीया कलपना गुरुङलाई पोखराबाट सुनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनी काठमाडौंमा बस्दै आएकि थिइन् ।
बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनलाई बसबाट ओर्लने क्रममा शरीर तलासी गर्दा सो पहेँलो धातु फेला परेको हो ।
गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया