NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

४५ वर्षीया महिलाको ‘ब्रा’भित्र सुन भेटिएपछि…

काठमाडौं । २४ तोला सुनसहित एक महिला पोखराबाट प्रक्राउ परेकी छन् ।

झापाको बिर्तामोडकीे ४५ वर्षीया कलपना गुरुङलाई पोखराबाट सुनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनी काठमाडौंमा बस्दै आएकि थिइन् ।

बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनलाई बसबाट ओर्लने क्रममा शरीर तलासी गर्दा सो पहेँलो धातु फेला परेको हो ।

गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष