देउवाले आह्वान गरे संसदीय दलको समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक आह्वान गरेका छन् ।
आज बिहीबार ४ बजे देउवा निवासमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।
कांग्रेसको संसदीय दलको समितिमा सभापति देउवासहित, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।
साउन १० गतेदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउनुपर्ने लगायतका मागसहित संसद अवरुद्ध गर्दै आएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया