नेविसंघमा असन्तुष्टि: विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण
काठमाडौं । नेपाल विद्यार्थीसंघको केन्द्रीय तदर्थ समितिमा केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर नेविसंघका केहि विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । विद्यार्थीहरुको एक टोलीले सभापति शेरबहादुर देउवालाई धुम्बाराही पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
देउवालाई ध्यानाकर्षण पत्र बुझाउन पदमा भुसाल, सपना गौतम, विवेचना न्यौपाने, रन्जिता अधिकारी, श्याम शाह, किरण चौलागाईं, केरिना गहतराज, सौरभ कोइराला, विनोद विक र मोहम्मद अल्ताफ नेपालीसहित पुगेका थिए ।
डेढ वर्षपछि आएको केन्द्रीय कार्यसमितिले कुनै रुपमा समावेशीताको सिद्धान्त पालना नगरेको भन्दै देउवालाई ध्यानाकर्षण गराएको छ ।
‘नेतृत्वले विधानविपरीत ७११ जनाको कमिटी बनाउँदै गर्दा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीको समावेशीकरणलाई लत्ताएर संगठन बनाउनु आफैँमा लज्जास्पद विषय हो, ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।’
यो मनोनयनप्रति कृष्ण सिटौला समूहले आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएको छ। मनोनयनमा असन्तुष्टहरुले समानान्तर कार्य समितिको चेतावनी पनि दिएका छन्।
सभापति देउवाले नेविसंघमा मंगलबार ७ सय १० जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया