सुन प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद सुनिल शर्मा पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका सांसद शुनिल शर्मा पक्राउ परेका छन् ।
शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारि दिए । शर्मा गल्फुटारबाट पक्राउ परेको जनाइएको छ ।
यद्यपी प्रहरीले भने यसको पुष्टि गरेन् । प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आफुलाई यस विषयमा जाकारि नआएको बताए । ‘मलाई यो विषयमा जानकारी आएको छैन् । के रहेछ म बुझेर जानकारी दिन्छु,’ उनले नेपालवाचसँग भने ।
शर्माले प्रयोग गर्ने नम्बर पनि अफ गरिएको छ । संसदको टेलिफोन डाइरेक्ट्रीमा रहेको उनको नम्बरमा फोन गर्दा ‘स्वीच अफ’ छ ।
उनले सुन तस्करि प्रकरणमा सरकारको चर्को आलोचना गर्दैै आएका थिए । उनी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका थिए ।
शर्मालाई पक्राउ गरिएको भन्दै कांग्रेस नेताहरुले विरोध जनाएका छन् । केन्द्रीय सदस्य सिवाकोटीले शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? भन्दै प्रश्न पनि गरेका छन् ।
उनले संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न सभामुखले स्विकृती दिएका हुन भनेर पनि सोधेका छन् । उनले कि सुन तस्करीको विषयमा उठान भइरहेका आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ? भनेर पनि प्रश्न गरेका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया