कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।
बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए ।
बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहीबार दिउँसो बसेको थियो ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया