NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

मौसम : आज यी प्रदेशमा भारी वर्षाको आँकलन

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको र अन्य स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिनभर मौसममा बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहनुका साथै भारतको बिहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै शुक्रबार राति देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष