पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा
गोरखा । केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए ।
पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ ।
त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनको भनाइ छ । “पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ”, अध्यक्ष लामाले भने, “घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।”
पहिरा रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ । थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।
प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनको भनाइ छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया