हेटौँडा-काठमाडौं छोटोदुरीका सबै सडक अवरुद्ध
मनहरि (मकवानपुर) । हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।
भीमफेदी—२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी(सिस्नेरी(काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका–११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा(काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
भारी वर्षाका कारण हेटौँडा-४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ ।
गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया