NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सुन तस्करसँग जोडिएका माओवादी नेताको बयान लिन नसक्ने सरकारले सुशासन दिन्छु भन्नु झुट : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन दिन्छु भन्ने कुरा झुट सावित हुँदै गएको बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुमा लोहनीले सुन तस्करी प्रकरणमा माओवादी नेताहरुको संलग्नता रहेको देखिए पनि अनुसन्धान नगरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सुशासन दिन्छु भन्ने कुरा झुट सावित हुँदै गएको भनेका छन् ।

‘चिनिया तस्करसँग माओवादीका ठालुहरुको सय पटक बढी फोन कल सीबीआईले आफ्नो प्रतिवेदनमा राख्दा पनि सरकार उनिहरुसँग बयान लिन समेत नसक्ने हो भने सम्माननीय प्रम प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट सावित हुँदैछ,’ उनले लेखेका छन्, ‘त्यत्रो महान क्रान्तिकारी भन्ने मान्छे कति कम्जोर रहेछन् ।’

इलेक्ट्रिक सिगरेट (भेप) सुन प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको तस्करसँग कनेक्सन रहेको आरोप लागेको छ ।

लोहनीले महरा बाबु छोराको नाम जोडिँदासमेत छानबिन नगरेपछि सरकारमाथि प्रश्न उठाएका हुन् । पछिल्लो समय क्वीन्टल सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण, नक्कली शरणार्थी प्रकरणका फाइल सरकारले खोलेको छ ।

यहि विषयलाई लिएर प्रचण्ड सरकारले सुशासन दिने बताइरहेको छ ।