मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।
यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् । गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया