त्रिविको प्रमाणपत्र कीर्ते गर्ने सिटिजन्स बैंकका छ कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सोमबार सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट (नागरिक बैंक मुद्दा) रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौंबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया