तस्करीको अवैध ६० केजी सुन गाल्न सुरु
काठमाडौं । तस्करीको सुन गाल्न सुरु गरिएको छ ।
२८ दिन अघि त्रिभुवन विमानस्थलबाट भन्सार छलेर बाहिरिएको ६० किलो सुन गाल्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा मंगलबार बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।
यो सुन मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको थियो । यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याइएको थियो ।
त्यसपछि सुन ६० किलो सात सय ८९ ग्राम तौल भएको पत्ता लागेको थियो । यो सुनमा पनि गालेपछि अझै केहि मात्रा घट्न सक्छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने र त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया