पर्वतमा धमाधम खारेज हुँदै उद्योग र व्यवसाय
पर्वत । पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन् । जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए ।
कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा दर्ता हुने उद्योग व्यवसायको सङ्ख्या पनि घटेको छ । अघिल्लो आवमा पाँच सय ४१ उद्योग तथा व्यवसाय दर्ता भएकोमा गत आवमा दुई सय ७४ वटा मात्रै उद्योग दर्ता भएका छन् ।
कार्यालयले गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट रु २७ लाख ५० हजार दुई सय ८७ राजस्व सङ्कलन गरेको छ । जिल्लामा हाल सात हजार ९७ वटा उद्योग तथा वाणिज्य फार्म दर्ता छन् ।
तीमध्ये गत आवमा एक हजार एक सय ४१ नवीकरण भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिइन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया