गालेपछि घट्यो तस्करी गरिएको सुनको तौल
काठमाडौं । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो ।
गालेपछि सुनको तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। यसअघि सुनको तौल ६० किलो ७८९ ग्राम थियो । सुनबाट ७३ ग्राम जर्दी निस्किएको जनाइएको छ ।
सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। छुट्याउँदा सुन ६० किलो ७८९ ग्राम तौल रहेको पाइएको थियो ।
गालेपछि सुनको मात्रा घट्नसक्ने अनुमान गरिएको थियो । अब उक्त सुनको गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुनेछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया