NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गालेपछि घट्यो तस्करी गरिएको सुनको तौल

काठमाडौं । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो ।

गालेपछि सुनको तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। यसअघि सुनको तौल ६० किलो ७८९ ग्राम थियो । सुनबाट ७३ ग्राम जर्दी निस्किएको जनाइएको छ ।

सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। छुट्याउँदा सुन ६० किलो ७८९ ग्राम तौल रहेको पाइएको थियो ।

गालेपछि सुनको मात्रा घट्नसक्ने अनुमान गरिएको थियो । अब उक्त सुनको गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुनेछ ।