खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।
मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए ।
न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०÷८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो । नगरप्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाहीविरुद्ध यही साउन ११ गते नगरपालिकाका वडाध्यक्षले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, जनतामुखी नभई जनप्रतिनिधिमुखी बजेट बनाएकोलगायतका विषयमा नगरपालिकाका ११ वडाध्यक्षको समर्थनमा नौ जनाले उजुरी दिएको वडा नं ४ का वडाध्यक्ष प्रमानन्द आचार्यले जानकारी दिए ।
‘नगरपालिकाले असार १० गते पास गरेका योजना नपरेपछि हामी अदालत गएका थियौँ’, उनले भने, ‘अहिले अदालतले कार्यान्वयन नगर्न फैसला गरेको छ ।’
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया