सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति ? (सूचीसहित)
काठमाडौ । पेट्रोलियम पदार्थको मुल्य बढेसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत बढेको छ ।
स्वचालीत मुल्य प्रणालीका आधारमा बुधबारबाट लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।
विभागका अनुसार यात्रुका लागि (यात्रुबाहक) सवारी साधनकोे पहिलेको भाडामा ४.७० प्रतिशतले बढाईएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालसमान बोक्ने सवारी साधनको भाडा ६.१५ प्रतिशतले बढाइएको छ ।
त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ८.८३ प्रतिशतले बढाईएको छ ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।
सो व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५।८३ रुपैयाँ पुर्याएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया