NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकोले आज देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल नजिकै रहेपनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण यसको प्रभाव भने कम देखिएको हो।

आज बिहीबार दिउँसो देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरु तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

हल्का, मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेकाले नदी तटीय क्षेत्र लगायत पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष