NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कसरी धुने मुख ?

काठमाडौं । मुख धुने कुरा सुन्दा सामान्य नै हो । तर, हामीले गर्ने गल्तीहरुले यसलाई पनि जटिल बनाइदिएको हुन्छ । मुख धुँदा हामीले प्रयोग गर्ने फेसवास सही भएन र सही तरिकाले प्रयोग गरेनौँ भने समस्या निम्त्याउन सक्छ । आज हामी मुख कसरी धुने र ध्यान दिनुपर्ने कुराहरुको बारेमा चर्चा गर्दछौँ ।
फेसवास गर्दा ध्यानदिनुपर्ने कुरा
– मुख धुँदा धेरै जसोको घोट्ने बानी हुन्छ । यसले छालाको स्किन ब्यारियरलाई गडबढ गरिदिन्छ, जसले गर्दा अनुहारमा विभिन्न समस्या देखिन्छ ।

– त्यस्तै स्क्रब गर्ने बानी । स्क्रबले दैनिक छाला घोट्दा सफा हुन्छ भन्ने भ्रम रहेको छ । सकेसम्म स्क्रम नगर्ने र गर्नै परेमा हप्तामा एक पटक मात्रै स्क्रब गर्नुपर्दछ ।

– धेरै मुख धुने बानी । दैनिक रुपमा दुई पटक मुख धुँदा पर्याप्त हुन्छ । धेरै मुख धुँदा पनि यसले छालालाई धेरै सुख्खा बनाइदिन्छ । सादा पानीले मुख धोयो भने असर गर्दैन भन्ने लाग्न सक्छ । सादा पानीले पनि धेरै पटक मुख धोएमा छालाको ब्यारिएरलाई बिगारिदिन्छ र समस्या उत्पन्न हुन जान्छ ।

-त्यस्तै टावरले मुख पुछ्दा धेरैको घोट्ने बानी हुन्छ । यस्तो गर्नुको सट्टा छालामा हल्का रुपमा टावर राखेर मुख पुछ्नु पर्छ । साथै छालाको लागि मन तातो पानी राम्रो हुन्छ ।

– फेसवास प्रयोग गर्नुभन्दा पहिला आफ्नो हात राम्ररी धुनु पर्छ । त्यस्तो गर्नु भएन भने तपाईंको हातमा भएका ब्याक्टेरियाहरु अनुहारको छालाभित्र प्रवेश गर्ने डर हुन्छ । लगत्तै, फेसवाससँग मिसिएर ती ब्याक्टेरियाले इन्फेक्सन तथा रेसेज गराउने खतरा हुन्छ ।

-मुख धोइसकेपछि छाला सुख्खा नहुँदै मस्चराइजर लगाउनु पर्दछ ।

-अनुहार सफा गर्दा आफ्नो छालाको प्रकार अनुसार फेसवासको छनोट गर्नु पर्दछ ।

(हामीले यो सामाग्री छाला तथा कपाल रोग विशेषज्ञ प्रकाश आचार्यको युट्युब च्यानलबाट लिएका हौँ ।)