फेसबुक स्टाटसमार्फत माफी माग्दै वडाध्यक्षले गरे आत्महत्या
गुल्मी । मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।
घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर उनले अलबिदा भनेका थिए ।
उनले फेसबुकमा लेखेका थिए-‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनितास् साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’
शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया