एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु

काठमाडौं । एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ ।
बैठक आलोकनगरस्थित पार्टी कार्यालयमा बसिरहेको हो ।
बैठकमा राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव लगायतका एजेन्डा छन् ।
जारी बैठकमा १०३ जना पोलिटब्युरो सदस्य उपस्थित रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक भोलिसम्म चल्ने छ ।
प्रतिक्रिया