१६ संगठनले लगाए पशु सेवा विभागमा ताला, सेवा ठप्प
काठमाडौं । पशुपन्छी क्षेत्रका १६ वटा संगठनले पशु सेवा विभागमा तालाबन्दी गरेका छन् ।
आफूहरूले राख्दै आइरहेको माग पूरा गर्न उदासीनता देखाएको आरोप लगाउँदै नेपाल भेटेरिनरी एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य प्राविधिक संघलगायत १६ संगठनले बिहीबार बिहान विभागमा तालाबन्दी गरेका हुन् ।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. केदार सुवेदीले आफूहरूका माग सम्बोधन नभएकाले अनिश्चितकालका लागि बिहीबार बिहान विभागको मूल गेटमा तालाबन्दी गरेको जानकारी दिए ।

विभागको मूल गेटमा ताला लगाएका उनीहरू अहिले त्यही अगाडि धर्ना बसेका छन् । गेटमै धर्ना दिएका कारण विभागको सेवा प्रवाह ठप्प भएको छ ।
सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केहीलाई खारेज गर्ने, केही गाभ्ने र केहीलाई प्रदेशमा लैजाने निर्णय गर्दै शून्य बजेट विनियोजन गरेको थियो । सरकारको यस्तो कदमले समग्र पशुपन्छी क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यसयता यो क्षेत्रका सरोकारवाला चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । यसअघि धर्ना, –यालीलगायत कार्यक्रम गरेका १६ संगठनले बिहीबार बिहान विभागको प्रवेशद्वारमै ताला लगाएका हुन् ।
तस्बिर : एनभिएका महासचिव डा. केदार सुवेदीको फेसबुकबाट ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया