सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

काठमाडौं । सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ ।
पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ ।
२०६४ सालमा १ करोड ६० लाख चुक्ता पूँजीबाट आफ्नो कारोबार शुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापूँजी वृद्धि गर्दै हाल आफ्नो चुक्ता पूँजी ६० करोड पु¥याई सम्पूर्ण ग्राहकवर्गमा उच्चतम सेवा सुविधा दिँदै आएको छ ।
पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स लिने क्रममा कम्पनीलाई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण नियामक निकाय, शेयर लगानीकर्ता, शुभेच्छुक तथा ग्राहकवर्गमा आभार व्यक्त गर्दै कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले भने, “पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ । अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण शेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ ।”
यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया