NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आजको मौसम : कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसममा सुधार हुँदै जानेछ । लगातारको वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।