नेप्से परिसूचकको ओरालो यात्रा जारी, आज कति अंकले घट्यो ?
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अंकले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ ।
आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको ;सेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ ।
यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर नौ दशमलव ६३, लिवर्टी इनर्जी छ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया