NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मनमा अत्यधिक निराशाको भावना आएमा यो नम्वरमा गर्नुस् फोन

काठमाडौं । सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क परामर्श लिन सकिने जनाएको छ ।

कुनै पनि व्यक्तिलाई यस्तो अवस्था आएहटलाइन ११६६ मा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै आग्रह गरेको हो ।

केन्द्रले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन अनुरोध गरेको छ ।

अप्ठ्यारा दिन सबैको हुने भएकाले सो समयमा धैर्यताका साथ समस्याको समाधान खोजेर अगाडि बढ्न केन्द्रको अनुरोध छ ।