NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

 फोहर संकलन गर्न ‘गारवेज ट्रक’ 

गोलबजार । सिराहको लहान नगरपालिकाले फोहर संकलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर संकलन गर्न थालिएको जानकारी दिए । फोहर संकलन गर्न ट्रयाक्टर भन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा संकलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर संकलन गरिने उनले बताए । नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर संकलनका लागि ट्रक जान सक्ने बताए ।