NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दालचिनी पानी र यसका ६ फाइदा

काठमाडौं । मुख्यत: स्वादका लागि भान्छामा पाइने मसला मध्ये एक हो, दालचिनी । दालचिनीलाई मिष्ठान्न भोजन तयार गर्नका लागि महत्वपूर्ण मानिन्छ । चिया होस् या मासु, यसको प्रयोग प्राय हुने गर्छ । आज हामी दालचिनी केवल स्वादमात्र नभई स्वाथ्यको लागि पनि कति लाभदायी छ भन्ने कुराको चर्चा गर्छौँ ।

पाचनमा सुधार
एन्टिअक्सिडेन्टले भरिपूर्ण दालचिनीमा प्राकृतिक पाचन गुण हुन्छ, जसले पेटमा हुने ग्यास, अपच जस्ता समस्याबाट छुटकारा दिन्छ ।

मेटाबोलिज्म बढाउँछ
दालचिनीले ब्लड सुगर लेवलको कन्ट्रोल गर्न मद्दत गर्दछ । साथै यसले इन्सुलिन सेन्सिटिभिटीमा सुधार गर्छ र मेटाबोलिज्मलाई बढाउँछ ।

सुजन अर्थात सुन्निएको कम गर्छ
दालचिनीमा सुजनविरोधी गुण हुन्छ जसले शरीरमा हुने सुजनलाई कम गर्न मद्दत गर्दछ । यसले मुटु सम्बन्धी रोग, डायबिटिज र क्यान्सर जस्ता रोगको खतराबाट बचाउँछ ।

मस्तिष्कलाई सक्रिय राख्छ
दालचिनीले सम्झना शक्तिमा सुधार ल्याउँछ । यो अल्जाइमर तथा पार्किंसन्स जस्ता रोगबाट बचाउन मद्दतगार हुन्छ ।

मुटु स्वस्थ राख्न सहयोगी
दालचिनी पानीको सेवनले कोलस्ट्रोल लेवल कम गर्न र रक्त सञ्चारमा सुधार गर्दछ । जसले कारण मुटु सम्बन्धी रोगको खतरा कम हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
दालचिनीमा रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने गुण हुन्छ । यसले सामान्य इन्फेक्सन र बिमारीबाट बचाउँछ ।
दाचिनीलाई पानीमा मज्जाले उमालेर पिउन सकिन्छ । यसरी तयार भएको पानीमा स्वादको लागि कागती वा मह मिलाएर पिउन सकिन्छ ।