NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

‘कञ्चनजंगा अगरबत्तीले ल्यायो ‘स्क्यान दनादन उपहार टनाटन’ अफर

काठमाडौं । सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको सावित्री कञ्चनजंगा अगरबत्तीले समय-समयमा आफ्नो होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’ हरू ल्याउँदै आएको छ ।

यसैगरी यसवर्ष पनि सावित्री कंचनजंगाले ‘Scan दनादन उपहार टनाटन’ अफर ल्याएको छ । डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा अगरबत्तीले सो अफर सार्वजनिक गरेको हो।

यस अफरअन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा रु १००, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वा, स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन् ।

अहिले उद्योगले सावित्री कञ्चनजंगा अगरबत्तीलगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन गर्दै आएकाे छ । सावित्री कञ्चनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड, अष्ट्रेलिया, क्यानेडा र बेलायतमा पनि निर्यात हुँदै आएका छन् ।