ललिता निवास जग्गा प्रकरणमा अनौठो किसिमको नाटक भयो: गिरी
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा प्रकरणमा अनौठो किसिमको नाटक भएको टिप्पणी गरेका छन् ।
उनले यो प्रकरणमा मिलेमतोमा संगठित अपराध नभई किर्तेमा मुद्दा चलाउने काम भएको बताए ।
‘यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो ? किन अदालतले थुनामा राख्नुपर्यो ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ,’ उनले भने ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ललिता निवास प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाए ।
गिरीले अदालतले भ्रष्टाचारका नाइकेहरूलाई पक्राउ गरेर छानबिन गर भन्दा पनि सरकारले छानबिन नगरेको बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया