NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललिता निवास जग्गा प्रकरणमा अनौठो किसिमको नाटक भयो: गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा प्रकरणमा अनौठो किसिमको नाटक भएको टिप्पणी गरेका छन् ।

उनले यो प्रकरणमा मिलेमतोमा संगठित अपराध नभई किर्तेमा मुद्दा चलाउने काम भएको बताए ।

‘यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो ? किन अदालतले थुनामा राख्नुपर्यो ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ,’ उनले भने ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ललिता निवास प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाए ।

गिरीले अदालतले भ्रष्टाचारका नाइकेहरूलाई पक्राउ गरेर छानबिन गर भन्दा पनि सरकारले छानबिन नगरेको बताए ।