कुलमान घिसिङलाई निलम्बन गरि कारबाही गर्न प्रेम सुवालको माग
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निलम्बन गरि कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुवालले विजुली महशुल उठाएको भन्दै कारबाही गर्नु पर्ने माग गरेका हुन् ।
‘सभामुख महोदय, विजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरि कारबाही गर्न जरुरी छ,’ उनले भने ।
यस्तै सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट विजुली लिएर महशुल नबुझाउनेहरुसँग मन्त्रीहरुको साँठगाँठ रहेको भन्दै छानविन गरि कारबाही गर्न माग गरे ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया