दुई जिल्लाको शिक्षक बढुवाको नतिजा उल्टियो
काठमाडौं । शिक्षा सेवा आयोगले गरेको दुई जिल्लाको बढुवामा पनि त्रुटि पाइएको छ । त्रुटि भेटिएपछि आयोगले उक्त जिल्लाको नतिजा पुनरावलोकन गरेको छ ।
शिक्षक सेवा अयाोग, बढुवा सिफारिस समितिको सचिवालय, बागमती प्रदेश हेटौंडाले गत जेठ ३१ मा गरेको प्राथमिक तह प्रथम श्रेणीको बढुवा सिफारिसमा त्रुटि भएको हो ।
नतिजा परिवर्तन गरिएका जिल्लामा काभ्रेपलाञ्चोक र नुवाकोट छन् ।
आयोगले बढुवा सिफारिस गरेपछि चित्त नबुझेका उम्मेदवारहरूलाई पुनरावेदनमा आउन भनिएको थियो । पुनरावेदनका क्रममा त्रुटि भेटिएको हो ।
आयोगतका अनुसार, बागमतीका अन्य जिल्लाबाट पनि नतिजा पुनरावलोकनका लागि आवेदन परेका थिए । तर अन्य जिल्लाको नतिजा भने परिवर्तन गरिएको छैन ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया