कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ
काठमाडौं । कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको बागमती गाउँपालिका २ घर भई काठमाडौं २६ मित्रनगर बस्दै आएकी २९ बर्षिया सरस्वती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
उनले लोकराज भण्डारीलाई आकर्षक तलबमा कतार पठाईदिने भनेर रकम लिएर सम्पर्क विहीन भएकी थिइन् । अधिकारीलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया