कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ
काठमाडौं । कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको बागमती गाउँपालिका २ घर भई काठमाडौं २६ मित्रनगर बस्दै आएकी २९ बर्षिया सरस्वती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
उनले लोकराज भण्डारीलाई आकर्षक तलबमा कतार पठाईदिने भनेर रकम लिएर सम्पर्क विहीन भएकी थिइन् । अधिकारीलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया