पाल्पा जीप दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो

काठमाडौं । पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुंगाकी ५० वर्षीया मनकला चुँदारा, पोखराका ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेका रहेका छन् ।
गुल्मीको तम्घासबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको जीप रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा आज बिहान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया