NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको कार्यक्रममा पुगेर भट्टले भनिन् – ट्रेड युनियन बलियो हुन महिलाको भूमिका आवश्यक

काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ(युएनआइ) को कार्यक्रमलाई सम्बोधन गर्दै नेपालकी प्रतिनिधि प्रतिमा भट्ट ट्रेड युनियनको अभियानमा महिलाको भूमिकाबारे अभिव्यक्ति दिएकी छिन् ।

तीन दिनसम्म चलेको उक्त कार्यक्रममा भट्टले महिलाको सहभागिता र उपस्थिती बलियो भएमा मात्रै ट्रेड युनियन थप मजबुत हुने बताइन् ।

महिला नेतृत्व र युवा विकासको उर्जाले यसमा आशा जगाउने र प्रगतीमा जग बसमल्न मद्दत पुर्याउने उनको भनाइ छ । यो सहकार्यले व्यक्तिगत ट्रेड युनियनसँगै समग्र मुलुकलाई नै फाइदा पुर्याउने उनको धारणा छ ।

अन्तर्राष्ट्रिय मञ्चमा उनले नेपालमा युवाबारे रहेको आम बुझाइको तीतो यथार्थ पनि पोखेकी छन् । युवा भन्नेवित्तिकै मुख्यतया केटाहरुलाई जनाउने धारणा आफैंमा चुनौती भएको उनले बताएकी हुन् । यस्तो धारणालाई चिरेर पुनः आकार दिनुपर्नेमा उनले उक्त मञ्चमार्फत जोड दिएकी छिन् ।

समाजका बाधा र प्रतिनिधित्वको महत्त्व पनि सहजै पहिचान गर्न सक्ने हुँदा विशेषगरी महिलाहरुलाई ट्रेड युनियन मुभमेन्टको अभिन्न अंग बनाइनुपर्ने उनले बताएकी छिन् । यी विशेषताका कारण यो परिवर्तनकारी अभियानमा महिलाको भूमिका थप सशक्त हुनेमा उनी विश्वस्त छिन् ।

नेपालको सन्दर्भमा अझै पनि अधिकांश युवा ट्रेड युनियनमा आबद्ध हुन कठिन भएको उनले बताइन् । मुख्यतः युवाहरुमा काम, पढाइ, परिवार, करियर निर्माण जस्ता धेरै जिम्मेवारीहरु एकसाथ उठाएका छन् । यी सबैको सन्तुलन मिलाउँदै अघि बढ्ने जिम्मेवारीकाले चुनौती थपिएको उनको बुझाइ छ ।

यस्तो अवस्थामा एकैपटक धेरैवटा काम गर्न सक्ने र सन्तुलन कायम गर्न सक्ने दक्ष महिलाहरुको उपस्थिती झनै प्रभावकारी हुन सक्ने उनले बताइन् । उनीहरुले जीवनको यात्राभर भोगेका चुनौती र हासिल गरेका कोसेढुंगाका अनौठा कथाहरुले यसमा झनै इट्टा थप्ने भट्टको मत छ ।

अगस्ट २३ देखि सुरु भएको यो तीन दिने कार्यक्रम आज समापन भएको छ । कार्यक्रममा १५० मुलुकका प्रतिनिधिको उपस्थिति रहेको थियो । उनी आबद्ध रहेको संस्था युनिफिनले सोही कार्यक्रममा ‘ब्रेकिङ थ्रु’ अवार्ड पनि हासिल गरेको छ ।

नेपाली कांग्रेसको गोरखा क्षेत्र नंबर १ बाट महाधिवेशन प्रतिनिधिसमेत रहेकी भट्टराई यूएनआइ नेपालमा आबद्ध छिन् ।