NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भोलि काठमाडौं महानगरका कुन कुन क्षेत्रमा हुँदैछ सार्वजनिक बिदा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि महानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरले बुधबार सूचना जारी गर्दै सापारु र रोपाइँ जात्राको अवसरमा भोलि बिदा दिने भएको हो । महानगरका अनुसार भोलि महानगर मातहातमा सञ्चालन रहेका सबै कार्यलय बन्द हुने छन् ।

महानगर कार्यालयसहित वडा कार्यालय, महानगरभित्र पर्ने विद्यालय, महानगरले सञ्चालन गरेका सहकारी संस्थालगायतका क्षेत्रमा बिदा हुने महानगरले जनाएको छ । महानगरले सार्वजनिक बिदा दिए पनि महानगर मातहातमा नरहेका क्षेत्रमा भने भोलि सार्वजनिक बिदा हुने छैन् ।