भोलि काठमाडौं महानगरका कुन कुन क्षेत्रमा हुँदैछ सार्वजनिक बिदा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि महानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
महानगरले बुधबार सूचना जारी गर्दै सापारु र रोपाइँ जात्राको अवसरमा भोलि बिदा दिने भएको हो । महानगरका अनुसार भोलि महानगर मातहातमा सञ्चालन रहेका सबै कार्यलय बन्द हुने छन् ।
महानगर कार्यालयसहित वडा कार्यालय, महानगरभित्र पर्ने विद्यालय, महानगरले सञ्चालन गरेका सहकारी संस्थालगायतका क्षेत्रमा बिदा हुने महानगरले जनाएको छ । महानगरले सार्वजनिक बिदा दिए पनि महानगर मातहातमा नरहेका क्षेत्रमा भने भोलि सार्वजनिक बिदा हुने छैन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया