सरकार जोगाउने चिन्ता छैन्, दोषी भए मलाई पनि समाते हुन्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सरकार जोगाउन नलागेको बताएका छन् ।
समावादी मोर्चाले आज सुर्खेतमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार कतिसम्म चल्छ भन्ने कुरामा आफुलाई चिन्ता नभएको बताए ।
उनले आफुले राम्रो काम गर्न प्रयास गर्ने बताउँदै त्यसपछि कसले हटाउन सक्ने रहेछ भनेर हेर्ने बताए । उनले सरकार गठन भएको आठ महिनामा राम्रा काम भइरहेका बताए ।
त्यसक्रममा उनले कांग्रेसका केहि नेतालाई लक्षित गरेको कटाक्ष गरे । उनले माओवादीले आफ्ना मान्छे बचाउने र कांग्रेसका मान्छेलाई हान्ने गरेको भन्दै हल्ला गरिएको बताए ।
‘माओवादीले आफ्ना मान्छे बचाउँछ कांग्रेस र एमालेलाई हान्छ भनेर हल्ला गरिएको छ,’ प्रचण्डले भने, ‘मैले सिआइबीलाई दोषी देखिए माओवादीका नेता कसैलाई नछोड, खोज्दै जाँदा बाटोमा प्रचण्ड भेटियो भने पनि नछोड भनेको छु ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया