चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध ३ देशका लागि हट्यो
काठमाडौं । चामल निर्यातको लगाएको प्रतिबन्ध भारतले लगाएको प्रतिबन्ध भुटान, सिंगापुर र मोरिससका लागि फुकुवा गरेको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले तीन देशको लागि चामलमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जनाएको हो ।
भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भारतले सरकारी तवरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो ।
तर भारतले चामल निर्यातको प्रतिबन्धमा नेपाललाई यथावत राखेको छ । प्रतिबन्ध हटाउन र चामल निर्यात गरिदिन नेपालको आग्रहलाई भारतले टेरेन ।
भारतले गत २० जुलाईमा चामल निर्यात रोकेको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया