चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध ३ देशका लागि हट्यो
काठमाडौं । चामल निर्यातको लगाएको प्रतिबन्ध भारतले लगाएको प्रतिबन्ध भुटान, सिंगापुर र मोरिससका लागि फुकुवा गरेको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले तीन देशको लागि चामलमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जनाएको हो ।
भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भारतले सरकारी तवरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो ।
तर भारतले चामल निर्यातको प्रतिबन्धमा नेपाललाई यथावत राखेको छ । प्रतिबन्ध हटाउन र चामल निर्यात गरिदिन नेपालको आग्रहलाई भारतले टेरेन ।
भारतले गत २० जुलाईमा चामल निर्यात रोकेको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया