कोशी सरकारविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा
काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ ।
उक्त रिट निवेदन न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दिएका थिए ।
उक्त रिटमा सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको भएपनि हेर्न नमिल्ने सूचीमा परेका हो । शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तोकिएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।
यो मुद्दा शुक्रबार पनि खतिवडासहितकै इजलासमा पेसी तोकिए पछि ‘न्यायाधीश तिवडाल आफुले हेर्न नमिल्ने भएकाले अर्को सुनुवाइको मितिसम्म तोक्ने बताएका थिए ।
भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए ।
उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया