मिटर नामसारीका लागि निवेदन दिएकाहरुलाई लिखित उजुरी गर्न प्राधिकरणको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर नामसारीका लागि निवेदन दिएका ग्राहकहरुको लागि ३५ दिने सुचना जारी गरेको छ ।
प्राधिकरणले प्रादेशिक कार्यालय अन्तर्गत लगनखेल र जोरपाटी वितरण केन्द्रमा मिटर नामसारीका लागि निवेदन दिने ग्राहकहरुको लागि ३५ दिने सुचना जारी गरेको हो ।
प्राधिकरणले ग्राहकहरुको विद्युत नामसारी हुनुपर्ने कुनै कारण भए अथवा कसैको हकदाबी लाग्ने भएमा तोकिएको समयभित्र सम्बन्धित वितरण केन्द्रहरुमा प्रमाण सहित लिखित उजुरी गर्नु आह्वान गरेको हो ।
निवेदन दिने ग्राहाकहरुको सूची प्राधिकरणको बाग्मती प्रादेशिक कार्यालयको वेवसाइट र सम्बन्धित वितरण केन्द्रको सूचना पार्टीमा प्रकाशित गरिएको जनाइएको छ ।
सूचना :
प्रतिक्रिया