NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उनकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

मालतीका एक छोरा र तीन छोरी छन् । उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष